काठमाडौं । पुष १९ गते
अमेरिका र उसका सहयोगीले ‘रुसले युक्रेनमा थप आक्रमण गरे निर्णायक जवाफ दिने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । बाइडनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई आश्वस्त पार्दै यस्तो बताएका हुन् ।अमेरिकी राष्ट्रपति बाइडनले रुसी समकक्षी भ्लादमिर पुटिनलाई युक्रेनको सीमामा भइरहेको सैन्य संकट अन्त्य गर्न आग्रह गरेको केही दिनपछि उनको युक्रेनी राष्ट्रपतिसँग कुराकानी भएको हो ।
रुस र अमेरिकी अधिकारीहरूले यसै महिनाको अन्ततिर जेनेभामा भेटघाट गर्ने तय गरेका छन् ।जेलेन्स्कीले आइतबार ट्विट गर्दै बाइडनसँगको टेलिफोन वार्ताले आफूहरूबीचको विशेष सम्बन्धलाई जोड दिएको बताए । उनले युरोपमा शान्ति कायम राख्ने, थप द्वन्द्व चर्किन नदिनेलगायत विषयमा छलफल भएको बताए ।बाइडन र युरोपेली नेताहरूको चेतावनीको बावजुद युक्रेनी सीमामा झन्डै एक लाख रुसी सेना तैनाथ छन् ।












