• Home
  • ताजा समाचार
  • रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन ‘द स्पिकिङ्ग टाइटन’को घोषणा
Image

रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, खुल्यो डिजिटल अडिसन ‘द स्पिकिङ्ग टाइटन’को घोषणा

दिलभुषण देखी माल्भिका सम्म छन् निर्णायक बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बिच उक्त शोको औपचारिक घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘द स्पिकिङ्ग टाइटन’ मा सहभागी हुनका लागि DAAMI MUSIC APP र daamimedia.com मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । साथै “द स्पिकिङ्ग टाइटन” को आधिकारिक फेसबुक पेज र आधिकारिक Whatsapp 9843950382 मार्फत पनि आफ्नो ३ मिनेटको कुनै एक टपिकमा भिडियो बनाई पठाउन सक्नेछन् । प्रतियोगिताको लागी बिश्वभरबाट नेपाली भासीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ । ‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् । दामी मिडियाको प्रस्तुति रहेको ‘द स्पिकिङ्ग टाइटन’ को कन्सेप्ट तथा डिजाइन सुदिप पोख्रेलले गरेका हुन् भने डिजाइन पार्टनरको रूपमा टौवा स्टुडियो रहेको छ । कार्यक्रमलाई डन डिरेक्टरको छवि बनाई सकेका प्रसिद्ध निर्देशक अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् । ‘द स्पिकिङ्ग टाइटन’को ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रमको विजेताले ५ लाख नगद पुरस्कार, विश्व भ्रमण र विभिन्न ब्रान्डको एम्ब्यास्डर बन्ने मौका पाउनेछन् ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ दिन अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ५ दिन अगाडि

सगुन धाख्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *