काठमाडौं । पुष १९ गते
आइतबार भएको स्पेनी ला लिगामा खेलमा बार्सिलोनाले रियल मार्लोकामाथि १–० जित निकालेको छ । यो जितपछि बार्सिलोना शीर्ष चार स्थानबाट एक अंकको दूरीमा रहन सफल भएको थियो । र्सिलोनाको जितमा लुक डे जोङले ४४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
बार्सिलोनाको अब १९ खेलबाट ३१ अंक भएको छ । ज्याभीको बार्सिलोनाले मार्लोकाविरुद्ध आफ्ना अधिकांस प्रमुख खेलाडी विना खेलेको थियो । कोरोना भाइरस संक्रमण र चोटका कारण बार्सिलोनाका धेरै खेलाडी यस खेलका लागि उपलब्ध थिएनन् ।

















