For Youtvnepal long gif
  • Home
  • समाचार
  • रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते
Image

रात्री बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

काठमाडौं । बर्दियाबाट काठमाडौँ आउँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रदेश ३, ०१००५ ख ९७१९ नम्बरको बस दाङको लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना भएको थियो ।

दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिका–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ४७ जनामध्ये २ जना घाइते भएको र अन्यको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

मृतक दुई जनाको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसअघि दाङको राप्ती नदीमा पुस २७ गते राति नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २३ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २३ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *