Trending

यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन, गाईको पूजा गरिँदै

495Views
0 Shares

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ ।हिन्दु समाजमा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘गौमाता’ भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध,गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको मान्यता पनि छ । त्यसैले कुनै धार्मिक कार्य गर्दा गाईको गहुँतले घर चोख्याउने तथा गोबरले आँगन पीढी वा दहिलो लिपपोत गर्ने गरिन्छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहीआएको छ । यस्तै गौ दान भन्दा ठूलो दान अरु केही नभएकाले गौ दान गर्नाले पुण्य कमाइने विस्वास गरिन्छ ।
आज गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
10°
Fair
7:09 am5:48 pm +0545
Feels like: 10°C
Wind: 5km/h WNW
Humidity: 97%
Pressure: 1016.59mbar
UV index: 0
5 am6 am7 am8 am9 am
10°C
9°C
9°C
11°C
13°C
SunMonTueWedThu
21°C / 8°C
23°C / 10°C
23°C / 10°C
24°C / 11°C
25°C / 13°C

प्रिय न्युज


लोकप्रिय