Trending

मुक्तिनाथ कृषि कम्पनीले गर्यो आइपीओ निष्काशन

580Views
0 Shares

काठमाडौं । आजदेखि सर्वसाधारणका लागि मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आइपीओ निष्काशन गरेको छ । यो कम्पनी कृषि क्षेत्रमा काम गर्ने देशकै पहिलो पब्लिक कम्पनी पनि हो । मुक्तिनाथ विकास बैंक, क्यापिटल लगायतका प्रमोटरहरुकै लगानीमा यो कम्पनी स्थापना भएको हो ।

यो कम्पनी कृषि क्षेत्रबाट आइपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो । आजदेखि बिक्री खुल्ला भएको यो कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले ११ लाख ४८ हजार कित्ता सेयर रु। १०० का दरले बिक्री खुलाएको हो ।

कुल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो । कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ । कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय