महिला स्वास्थ्यलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’
By YOUTV
६ महिना अगाडि
Comments: 0
काठमाडौं । सिद्धार्थ बैंकले पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा परेर सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई लक्षित गरी सो कार्ड संचालनमा ल्याएको हो। बैंकले सो कार्ड मार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्ने जनाएको छ।
यस कार्डको बारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित कुनै पनि माध्यमहरुबाट सम्पर्क गरी प्राप्त गर्न सकिने छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुऱ्याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार ३ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि