Trending

भूकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

645Views
0 Shares

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । दुवै जिल्लामा गरी एक सय ७० जना घाइते भएका छन् ।

गृहमन्त्रालयले साँझ ८ बजे सम्म जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ६, रुकुम पश्चिममा ८६, दैलेख, जुम्ला, प्युठान र बैतडीमा तीन÷तीन तथा सल्यानमा दुई तथा दाङ र रोल्पामा एक जना घाइते भएका छन् ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय