Trending

भारतको जम्मु–कश्मीर मार्गमा बस दुर्घटनाः ३६ यात्रुको मृत्यु

775Views
0 Shares

काठमाडौं । भारतको जम्मु–कश्मीरको डोडा जिल्लाको अस्सार क्षेत्रमा आज एक यात्रु बस तीनसय फिट गहिरो खोंचमा खसेको छ । यो घटनामा ३६ यात्रुको मृत्यु भएको छ भने १९ जना घाईते भएका छन् । यीमध्ये छ जनको अवस्था गम्भीर रहेको स्थानीय अस्पताले जनाएको छ ।
यात्रु बस किश्तवाड भन्ने ठाउँबाट जम्मू गईरहेको थियो ।

प्रहरी र एसडिआरएफको टिमले स्थानीय वासिन्दाको सहयोेगमा उध्दार र उपचारको काम गरेका थिए ।सो यात्रु बस शतप्रतिशत क्षतिग्रस्त भएको छ भने बसभित्र चेपिएका कतिपय यात्रुलाई बस काटेर उध्दार गरिएको थियो ।

घाईतेहरुलाई स्थानीय किश्तवाड़ जिल्ला अस्पताल र डोडाको सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ । गम्भीर घाईतेलाई हेलिकोप्टरबाट आकस्मिक उपचार गर्न अन्यत्र लगिएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भास्करको अनलाईन संस्करणले जनाएको छ ।बसमा ५५ जना यात्री सवार थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले डोडा बस दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारलाई २ लाख रुपैंयाँ र घाईतेलाई ५० हजार रुपैंयाँ सहयोग दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय