• Home
  • राजनीति
  • भन्सार जाँच पासलाई सरल बनाउन आधुनिक उपकरण समेतको व्यवस्था गर्न जरुरी छ–अर्थमन्त्री शर्मा
Image

भन्सार जाँच पासलाई सरल बनाउन आधुनिक उपकरण समेतको व्यवस्था गर्न जरुरी छ–अर्थमन्त्री शर्मा

काठमाडौं । माघ १३ गते
भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधारलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । आज अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुभकामना सन्देश दिदै अर्थमन्त्री शर्माले सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता भएको र भन्सार जाँच पासलाई सरल बनाउन आधुनिक उपकरण समेतको व्यवस्था गर्न जरुरी रहेको जिकिर गर्नु भएको छ ।

उहाँले भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेसाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उल्लेख गर्नु भएको छ ।
अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड–१९ संक्रमणलाई समेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँच पासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताउनु भएको छ ।

भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उहाँले शुभकामना दिनु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *