• Home
  • समाचार
  • बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेड
Image

बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेड

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।

कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ ।योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ ।

सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ ।कम्पनीको वास्तविक वित्तीय विवरण २०७८–०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *