Trending

बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेड

550Views
0 Shares

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।

कम्पनीले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा कम्पनीले ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।

सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ रहेकोमा परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ कायम गरिएको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत सेयर बिक्री गर्न मंसिर १० गतेसम्म समय तोकेको छ ।योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको फाराम बुझाउनु पर्नेछ ।

बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउने बताइएको छ ।

सेयर निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमता मध्यम स्तर रहेको जनाउँदछ ।कम्पनीको वास्तविक वित्तीय विवरण २०७८–०७९ मा ४६ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । उक्त अवधिसम्म कम्पनीको नेटवर्थमा औषत प्रतिफल ६ रुपैयाँ ७२ पैसा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
10°
Clear
7:07 am5:54 pm +0545
Feels like: 10°C
Wind: 3km/h WNW
Humidity: 97%
Pressure: 1011.85mbar
UV index: 0
4 am5 am6 am7 am8 am
10°C
9°C
8°C
9°C
11°C
SunMonTueWedThu
22°C / 8°C
22°C / 8°C
23°C / 11°C
24°C / 10°C
25°C / 10°C

प्रिय न्युज


लोकप्रिय