For Youtvnepal long gif
  • Home
  • समाचार
  • प्रेस काउन्सिलको आग्रह – “आधारहीन र तोडमोड गरिएको समाचार नफैलाउनुस्”
Image

प्रेस काउन्सिलको आग्रह – “आधारहीन र तोडमोड गरिएको समाचार नफैलाउनुस्”

काठमाडौं – हालका दिनमा सामाजिक सञ्जाल र केही अनलाइन मिडियाबाट तथ्यहीन, तोडमोड र अतिरञ्जित समाचारहरू तीव्र रूपमा फैलिन थालेपछि प्रेस काउन्सिल नेपालले सबै सञ्चारकर्मी र सामग्री उत्पादकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराले बिहीबार जारी गरेको विज्ञप्तिमा तथ्य पुष्टि नगरी हतारमा समाचार सम्प्रेषण गर्ने, अफवाह फैलाउने र जनमत भ्रमित पार्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “पत्रकारिताका मूल्यमान्यता र पेसागत आचारसंहिता विपरीत मिथ्या, गलत वा अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने कार्य नगर्नुहोस्। सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना र भ्रम सिर्जना गर्ने कार्य पूर्णतः निषेधित छ।”

काउन्सिलले सञ्चारमाध्यम, पत्रकार, युट्युब सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित, उत्तरदायी र तथ्यपरक बन्न आग्रह गरेको छ। बोहराका अनुसार यस्ता गैरजिम्मेवार कार्यहरू पत्रकारिताको आचारसंहिता मात्र नभई कानुनविपरीत पनि हुने भएकाले सावधानी अपनाउन जरुरी छ।

त्यस्तै, मिडिया संस्थामा आबद्ध नभई सञ्चालन भइरहेका युट्युब च्यानल र अन्य डिजिटल प्लेटफर्मबाट प्रसारित सामग्रीमा आचारसंहिताविपरीत कुरा पाइएमा काउन्सिलले स्वअनुगमन वा उजुरीका आधारमा कारबाही अघि बढाउने चेतावनी दिएको छ।

काउन्सिलका अनुसार पहिलोपटक नियम उल्लङ्घन गर्नेहरूलाई सचेत गराइनेछ र भुल सुधारका लागि निर्देशन दिइनेछ। तर, चेतावनीपछि पनि सुधार नभएमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायसँग पत्राचार गरिनेछ।

प्रेस काउन्सिलले तथ्यपरक, सन्तुलित र उत्तरदायी पत्रकारितालाई प्रोत्साहन गर्दै सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई “विश्वसनीय सूचनामात्र सम्प्रेषण गर्न” अनुरोध गरेको छ। “लोकतान्त्रिक समाजमा स्वतन्त्र पत्रकारिता आवश्यक छ, तर त्यो स्वतन्त्रता जिम्मेवारीसहित प्रयोग हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *