• Home
  • समाचार
  • प्रदेश २ : स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर छुट गर्न साँसद यादवले यातायातलाई निवेदन लेखेपछि‘
Image

प्रदेश २ : स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर छुट गर्न साँसद यादवले यातायातलाई निवेदन लेखेपछि‘

जनकपुरधाम : प्रदेश २ की सांसदको स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् ।

प्रदेश सांसद प्रमिला यादवको पति समेत रहेका अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी हुन् । यादव नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।

अशोक चढ्ने मोटरसाइकलको २०७८ सालको कर छुट गरिदिन सांसद प्रमिलाले आफ्नै लेटरप्याडमा निवेदन लेखेकी हुन् । उक्त निवेदन लिएर सोमबार अशोक यातायात कार्यालय लहान पुगेका थिए । तर, कार्यालयले कर छुट गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।

कार्यालय प्रमुख मीन भट्टराईले भने अर्थमन्त्री आए पनि कर छुट गर्न नसकिने बताए । ‘कसैको यातायातको कर छुटका लागि सरकारको मन्त्रीस्तरकै निर्णय हुनुपर्छ,’ भट्टराईले भने, ‘मैले पनि उहाँलाई यो कुरा भनेर पठाएँ ।’ कार्यालयले सांसदको पत्रमा कर छुट नगरेपछि अशोकले करबापतको रकम तिरेको भट्टराईले बताए ।

टुडेखोज डटकम

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *