• Home
  • समाचार
  • प्रदेश २ मा श्रीमतीले ६० हजार कर्जा लिएर श्रीमानको हत्या गराएको खुलासा

प्रदेश २ मा श्रीमतीले ६० हजार कर्जा लिएर श्रीमानको हत्या गराएको खुलासा

जनकपुरधाम : प्रदेश २ सिरहा जिल्लाको गोलबजार नगरपालिका ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह’त्यामा उनकै पत्नीको संलग्नता रहेको सिरहा प्रहरीले बताएको छ ।

महरा गत भदौ १८ गते भारत विहारको जयनगरस्थित बरही गाउँमा मृत फेला परेका थिए । सिराहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले दुखहरणकी पत्नी ३८ बर्षीया हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसँग मिलेर पतिको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

प्रहरीका अनुसार हरिहरदेवीले आफू बिरामी भएको बताएपछि श्रीमान–श्रीमती भदौ १७ गते भारतको जयनगरतर्फ गएका थिए । साँझ ६ बजेतिर जयनगर रेल्वे स्टेशनमा चिया खान बसेको ठाउँमा मुकेश पनि आएका थिए ।

चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएको प्रहरीले बताएको छ । मुकेशले अन्य दुई जना भारतीयको सहयोग लिएर दुखहरणलाई बरही गाउँको नहरमा लगी ह’त्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

दुखहरणको ह’त्या गराउन मुकेशले ६० हजार रुपैयाँ लिएको पाइएको डीएसपी बुढाथोकीले जानकारी दिए । उक्त रकम हरिहरदेवीले गाउँकै एक लघुवित्तबाट ऋण (कर्जा) लिएको पनि प्रहरीले जनाएको छ ।

दुखहरण र हरिहरदेवीका ४ छोराछोरी छन् । दुखहरण कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका थिए । विदेशमा कमाएको रकम वचत नभएको भन्दै श्रीमान श्रीमतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ ।

प्रहरीले पतिको ह’त्यामा संलग्नको आरोपमा हरिहरदेवीलाई पक्राउ गरी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनुमति लिएको छ ।

भारतीय नागरिक मुकेशलाई भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *