For Youtvnepal long gif
  • Home
  • समाचार
  • प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासका मत हासिल गरेपछि महन्थ दाससंग लिए आशीर्वाद
Image

प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासका मत हासिल गरेपछि महन्थ दाससंग लिए आशीर्वाद

जनकपुरधाम, २१ असोज ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्थ रामपतेश्वर दाससँग बिहीबार आशीर्वाद लिएका छन् ।
हिन्दु सँस्कृतिअनुसार उनले दासको गोडा छोएर आशीर्वाद लिएका हुन् ।

मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार राउतले प्रदेशसभा ७७ ओटा विश्वासका मत बुधबार हासिल गरेकाले जानकी मन्दिरमा गई महन्थ दासबाट आशीर्वाद ग्रहण गरेका हुन् ।
सरकारका कार्यकारी प्रमुख संलग्न रहेको राजनीतिक दल विभाजन भएपछि विभाजन भएको मितिबाट ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण राउतले बुधबार विश्वासका मत लिएका हुन् । मुख्यमन्त्रीको दल जनता समाजवादी पार्टीबाट अल्लिगएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० नेपालका प्रदेशसभा सदस्यहरूले नवगठित पार्टीका पक्षमा सनाखत गरिसकेपछिका ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासका मत हासिल गरेका छन् ।
प्रदेश २ सभामा अहिले १६ प्रदेशसभा सदस्यसहित लोसपा नेपाल प्रमुख प्रतिपक्षी छ । आठ सदस्यसहित नेकपा एमाले प्रतिपक्षी दल छ । राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् भने नेकपा९एकीकृत समाजवादी० केही दिनभित्रमै सरकारमा जाने तयारीमा छ । संयुक्त सरकारका कारण मुख्यमन्त्री राउतले सहज तरिकाले विश्वास मत प्राप्त गर्ने आकलन गरिएको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *