• Home
  • ताजा समाचार
  • पूर्व कानूनमन्त्री लीला नाथ श्रेष्ठद्वारा ब्रह्माकुमारी पाठशालाको शिलान्यास, श्रेष्ठ परिवारको ५० लाख बराबरको जग्गा दान
Image

पूर्व कानूनमन्त्री लीला नाथ श्रेष्ठद्वारा ब्रह्माकुमारी पाठशालाको शिलान्यास, श्रेष्ठ परिवारको ५० लाख बराबरको जग्गा दान

सिरहामा ब्रह्माकुमारी राजयोग पाठशालाका लागि श्रेष्ठ परिवारद्वारा जग्गा दान

सिरहा, गोलबजार नगरपालिका–७ निवासी केदर श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिषणु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा निजी घडेरी ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरिएको छ।

शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी डा. राज दादी, तथा जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको प्रवर्द्धनमा यस्तो कार्य महत्वपूर्ण हुने बताए। पूर्व कानुनमन्त्री श्रेष्ठले पनि समाज सुधारका लागि दान र सेवाभावको आवश्यकता रहेको उल्लेख गरे।

जग्गा दान गर्ने समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि यो योगदान गरेको बताए। साथै, श्रेष्ठ परिवारले विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा मानव सेवा आश्रमहरूका लागि हालसम्म करिब २० करोड मूल्य बराबरको जग्गा दान गरिसकेको युवा नेता तथा श्रेष्ठ परिवारका सदस्य ज्ञान कुमार श्रेष्ठले जानकारी गराए।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १७ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *