Trending

नेपाल सुपर लिग : दोस्रो संस्करण आजदेखि सुरु हुँदै

605Views
0 Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले कोभिड संक्रमणको समय (२०७८) मा बिना दर्शक आयोजना गरेको पहिलो संस्करणको सफलतापछि आजबाट दोस्रो संस्करण सुरु गराउँदै छ ।

काठमाडौंको दशरथ रंगशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । यसबाहेक दर्शकहरुका लागि मनोरन्जनात्मक कार्यक्रम, फुड स्टललगायत अन्य व्यवस्था गरिने नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्श कार्कीले जानकारी दिएका छन् ।

आयोजकले यो संस्करणका खेलमा दर्शकको साथ पाउने अपेक्षा गरेको छ । नेपाली फुटबलको विकास गर्ने लक्ष्यसहित सञ्चालित एनएसएलमा दर्शकको उपस्थितिले लिग भव्य हुने बुधबार पत्रकार सम्मेलनमार्फत कार्कीले जानकारी गराएका हुन् । लिगमा पहिलो संस्करणको तुलनामा खेल संख्या बढेकोले ९ टोलीले ४० वटा खेल खेल्नेछन् ।

लिगका खेल हेर्न दर्शकले अनलाइन टिकट काट्न सक्ने छन् । रंगशालाको सामान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । उपाधि विजेताले प्राप्त गर्ने रकम आयोजकले तोकेको छैन, दर्शकको उपस्थितिले नै निर्धारण हुने कार्कीले जनाए ।आज पहिलो संस्करणको च्याम्पिएन टिम काठमाडौं रेजर्स र नयाँ टिम स्पोर्टिङ इलाम एफसीबीच पहिलो खेल हुँदै छ । खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय