नेपाल सुपर लिगः आज काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदै
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।दुवै टोलीले यस सिजनमा आफ्नो दोस्रो खेल खेल्दैछन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ ।
काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ । रेजर्सलाई बालगोपाल महर्जनले प्रशिक्षण गराएका छन् । उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने शनिबार भएको पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भयो । पहिलो खेल जित्दै ३ अंक जोडेको रेजर्स र चितवनबीच आज प्रतिस्पर्धा हुँदैछ ।
१ वर्ष अगाडि
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि