नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं। नेपाली सेनाले सैन्य र ट्रेड फलोअर्सको रिक्त विभिन्न स्थान पदपूर्तिका लागि दरखास्त मागेको छ । आज शुक्रबार बिहानै सेनाले सूचना प्रकाशित गर्दै ती खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको छ ।
सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन् । उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गते भित्र आवेदन दिन सूचित गरिएको छ ।
यीमध्ये सबैभन्दा धेरै सैन्य पदमा ३ हजारको दरखास्त मागिएको छ । सबै पदमा गरेर करिब ४ सय भन्दा बढी पदमा दरखास्त दिन सूचित गरिएको छ । देशका आठवटै पृतनाका हेड क्वाटरलगायत अन्य २५ भर्ना केन्द्रमा दरखास्त दिन मिल्ने जनाइएको छ । सेनाले आफ्नो वेबसाइटबाट फाराम डाउनलोड गरेर भरेर सूचनामा उल्लेखित भर्ना केन्द्रहरूमा आफैं उपस्थित भएर बुझाउन सचेत गराईएको छ ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। २ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि