• Home
  • समाचार
  • धरानमा निषेधाज्ञा जारी, राती १२ बजेसम्म रहने
Image

धरानमा निषेधाज्ञा जारी, राती १२ बजेसम्म रहने

काठमाडौं, ९ भदौं । धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ । धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन (सुनसरी) ले धरान उपमहानगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

धरानका २० वटै वडामा शुक्रबार १२ रातिदेखि २४ घण्टाका लागि निषेधाज्ञा लागू गरिएको छ।‘धरानमा धार्मिक साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी भदौ ८ गते राति १२ बजेदेखि भोलिपल्ट ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

स्थानीय प्रशासनले विज्ञप्तिमा धार्मिकरसाम्प्रदायिक तथा जनस्वास्थ्य संकटकाल र शान्तिसुरक्षाको संवेदनशीलता हेरेर सामूहिक रूपमा गरिने धार्मिक, सांस्कृतिक, राजनीतिक भेला, प्रदर्शनमा निषेध गरेको छ  । धरानामा आज विभिन्न धार्मिक संघ संगठनहरूले प्रर्दशन गर्ने तयारी गरेका छन् भने त्यहाँ डेंगी रोगको संक्रमण पन फैलदै गएको छ । दुबैलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको हो ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यसैबीच धरानाका राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेससपा, राजमुपा, किखसपा, विवेकशील साझा पार्टीले संयुक्त अपिल जारी गरेका छन् ।

बैठकपछि उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोशी पुनः नामकरण संयुक्त संघर्ष समितिले भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगित गरेरका छन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *