For Youtvnepal long gif
  • Home
  • समाचार
  • धनुषामा चौरीको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा
Image

धनुषामा चौरीको मोटरसाइकलसहित दुई जना प्रहरीको नियन्त्रणमा


जनकपुरधाम :
धनुषामा चौरीको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ बर्षिय मम्ताज मन्सुरी र सोही ठाउँका २० बर्षिय रमेश कुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको छन् ।

उनीहरुलाई मंगलवार बिहान १० बजे चोरीको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

मंगलवार विहान ३ बजे स्थानीय ३० वर्षिय बेचन मुखियाको आफ्नै घरको आंगनबाट प्र।२–०२–००२प–००८५ नम्बरको टिभिएस कम्पनीको स्ट्राइकर मोटरसाईकल चोरी भएको थियो ।

प्रहरी निरिक्षक सुवेदीका अनुसार चोरीको मोटरसाईकल धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारस्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय ढल्केवरको प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका दुवैजनालाई मोटरसाइकलसहित चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रनि सुवेदीले बताए ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *