For Youtvnepal long gif
  • Home
  • राजनीति
  • देश विकासको मोडेल परिवर्तन गर्न जरुरी छ : मन्त्री किराती
Image

देश विकासको मोडेल परिवर्तन गर्न जरुरी छ : मन्त्री किराती

काठमाडौं २८ साउन । नेपालको विकास मोडल परिर्वतन गर्न जरुरी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ संस्थाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिले कै प्रवृत्तिले विकास सम्भव नहुने बताए ।‘नेपाल विकासको मोडेल कसरी परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुनुपर्छ । अहिलेको तरिकाले हाम्रो देश विकास हुँदैन ।

पछौटे सोच छ, हाम्रो ।’ उनले भने ‘मैले मन्त्री भएपछि झन धेरै थहा पाँए, सिंहदरबारमा बजेट सुरु भएपछि त्यहाँको कार्यालय सहयोगीसमेत आफ्नो टोलमा ५ लाख पैसा कसरी पार्ने भन्ने तर्फ लाग्द रहेछन् । हामी बजेटअनुसार पठाएको हाम्रो योजनाको माग एउटा राखेकोमा १७ वटासम्म थपिएर आयो, १ करोड राखेको पैसा ५ लाखमा झरेर आयो यो भन्दा दुखको कुरा के हुन सक्छ ।’उनले नीति निर्माणमा समेत स्वार्थ समुह हावी हुने गरेको भन्दै असन्तुष्टि पोखे ।

‘अहिले शिक्षा नीति आउँदैछ, हामीले नै हेरेर हालेको २ वटा बुँदा कँहाबाट छिर्यो छिर्यो । हामीले यस्तो चरित्र र विकास बोकेर कसरी अगाडि बढ्न सक्छौ ।’ उनले भने ‘विकासको मोडेल परिवर्तन गर्नुपर्छ भनेर भन्दै गर्दा अहिलेको प्रतिस्पर्धामा सामेल भइएन भने पछाडि परिन्छ ।’ उनले आँफूले पर्यटन र संस्कती ऐन बनाउने प्रक्रिया थालेको उनको भनाई छ। ‘

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *