Trending

देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण: मन्त्री यादव

3.0kViews
6 Shares

वीरगंज – खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको छ ।

आज वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीलाई विभिन्न समस्या, चुनौती छन् । तथापी देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा उहाँहरुको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।”

यसैगरी मन्त्री यादवले नेपाल–भारत सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आपसी समझदारी र सहकार्यमा निकै सहजता प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

“सीमापार मिडियाबाट प्रवाह हुने सकारात्मक समाचार र सन्देशहरूले दुबै देशका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहजता प्रदान गरेको छ । यो आफैमा निकै खुशीको विषय पनि हो,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को सफलताको शुभकामना व्यक्त गर्नु हुँदै यस सम्मेलनले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय