Trending

त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी , उद्दार कार्य जारी

3.5kViews
10 Shares

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको छ । आज बिहान इच्छाकामना गाउँपालिकाको ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एक किलोमिटर कुरिनटारतर्फ केहीबेर अघि करिब ७ बजेतिर सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार ट्याक्सीमा चालकसहित ५ जना यात्रु रहेको अनुमान गरिए पनि यकिन संख्या थाहा छैन । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:53 am6:11 pm +0545
Feels like: 12°C
Wind: 5km/h NE
Humidity: 91%
Pressure: 1011.18mbar
UV index: 0
2 am3 am4 am5 am6 am
11°C
11°C
10°C
10°C
10°C
MonTueWedThuFri
27°C / 10°C
28°C / 11°C
28°C / 12°C
28°C / 14°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय