For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • टेस्ट क्रिकेटमा बंगलादेशद्वारा न्युजिल्याण्ड पराजित
Image

टेस्ट क्रिकेटमा बंगलादेशद्वारा न्युजिल्याण्ड पराजित

काठमाडौं । पुष २१ गते
बंगलादेशले टेस्ट क्रिकेटमा पहिलोपटक न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै शानदार जित हाँसिल गरेको छ । घरेलु टोली न्युजिल्याण्डले दिएको ४० रनको लक्ष्य बंगलादेशले २ विकेट गुमाउँदै पूरा गरेको हो। यसअघि पहिलो इनिङमा न्युजिल्याण्डले ३२८ रन बनाएको थियो।

उसका लागि डेभन कन्वेले सतकीय पारी खेलेका थिए। २२७ बल खेलेका उनले १६ चौका र १ छक्कासहित १२२ रन बनाएका थिए।यस्तै हेनरी निकोलसले ७५ रन बनाउँदा विल योङले ५२ रन जोडेका थिए।

बंगलादेशका लागि शोरिफुल स्लाम र मेहदी हसन मिराजले ३–३ विकेट लिएका थिए।जवाफमा बंगलादेशले ४५८ रन बनाएर अग्रता लिएको थियो। न्युजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेस्ट आइतबार सुरू हुनेछ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *