• Home
  • राजनीति
  • जेनजी आन्दोलनपछि वीरगंजमा जनमत पार्टीको लोकप्रियता बढ्दो: अध्यक्ष सर्राफ
Image

जेनजी आन्दोलनपछि वीरगंजमा जनमत पार्टीको लोकप्रियता बढ्दो: अध्यक्ष सर्राफ

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नगवामा शनिबार जनमत पार्टीले आयोजना गरेको भेटघाट तथा जनसंवाद कार्यक्रममा दुई दर्जनभन्दा बढी स्थानीयवासीहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उक्त जानकारी दिएका हुन्।

पार्टी प्रवेश गर्नेहरू स्थानीय अगुवा शंकर महतोको नेतृत्वमा आएका हुन्। कार्यक्रममा अध्यक्ष सर्राफले जनमत पार्टीले जेनजी पुस्ताको एजेन्डालाई लामो समयदेखि अघि सारेको बताउँदै भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, र दलिय सेन्डिकेट तोडेर प्रतिस्पर्धात्मक संवैधानिक नियुक्तिको पक्षमा रहेको उल्लेख गरे।

उनले जेनजी आन्दोलनपछि जनमत पार्टीप्रतिको जनसमर्थन अझ बढेको दाबी पनि गरे।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य विद्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम शंकर चौरसिया, प्रदेश सदस्य शिव यादव, राजनारायण मिश्र, भूपेन्द्र साह, महानगर अध्यक्ष महादेव शर्मा, क्षेत्रीय अध्यक्ष गगन देव यादव, डा. मनोज सर्राफ लगायत नेताहरूको सहभागिता रहेको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *