चैत्र १७ गते चैते दशैंको शैली पूजा, महाआरती र कलश यात्रा पूजा समिति द्वारा भव्यताका साथ सम्पन्न
By YOUTV Nepal
२ महिना अगाडि
Comments: 0
काठमाडौं, चैत्र १७ – श्री माँ दुर्गा चैते दशैं पूजा समिति को आयोजनामा चैते दशैं पर्वको अवसरमा आज शैली पूजा, महाआरती तथा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक आस्थाका साथ आयोजना गरिएको यस विशेष कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आजैको दिन चैते दशैं अन्तर्गत पहिलो पूजाका रूपमा शैली पूजा सम्पन्न गरिएको छ। पूजा कार्यक्रममा विधिपूर्वक कलश यात्रा निकालिएको थियो, जसमा श्रद्धालुहरू परम्परागत रूपमा सहभागी भएका थिए। साथै, साँझपख भव्य महाआरतीको आयोजना गरिँदा भक्ति भावले वातावरण उल्लासमय बनेको थियो।
चैते दशैं हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो, जसमा विशेष रूपमा देवी दुर्गाको पूजा–आराधना गरिन्छ। श्री माँ दुर्गा चैते दशैं पूजा समिति ले हरेक वर्ष यस पूजा तथा धार्मिक कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्दै आइरहेको छ। भक्तजनहरूले यस पर्वलाई विशेष धार्मिक आस्थाका साथ मनाउने गर्छन्।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि