• Home
  • देश
  • ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु
Image

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवनको उद्घाटन सम्पन्न भएको छ।“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधि युक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यता तथा कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पाठकले यस्तो पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उक्त भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर प्रति उनले विशेष आभार व्यक्त गरे।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा तथा लायन्स क्लब आदर्शनगर बाट प्रकाश बाहेती,जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर,राजु कार्की,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल,वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुबेदी,छ्पकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई,आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रबिता मान्धर,युवा नेता सुधिर पटेल,लायन्स कल्बका प्रिया सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।नव-निर्मित भवनले प्रहरी कर्मचारीहरूका लागि स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय र आवश्यक पहल भएको बताए। उनले स्वच्छता र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आधुनिक डिजिटल सुविधा युक्त स्नान तथा शौचालय भवनले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।

खेतानले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि
1 Comments Text
  • pornip says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Good a blog toper
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *