For Youtvnepal long gif
Image

क्यानडामा कोरोना विरुद्धको खोपलाई लिएर भइरहेको विरोध प्रदर्शनले उग्र रुप लिदै

काठमाडौं । माघ १७ गते
क्यानडामा कोरोना विरुद्धको खोपलाई लिएर भइरहेको विरोध प्रदर्शनले उग्र रुप लिएको छ ।क्यानडा सरकारले सीमा पार गर्ने ट्रकका चालकलाई खोप अनिवार्य गरेपछि त्यसविरुद्ध प्रदर्शन सुरु भएको थियो । प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाबाट अमेरिका जाने ट्रक चालकले अनिवार्य रुपमा खोप लगाउनु पर्ने प्रस्ताव ल्याएपछि सुरु भएको विरोधमा अहिले अन्य माग पनि थपिएका छन् ।

कतिपय प्रदर्शनकारीहरुले देशव्यापी रुपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखेका छन् । विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन ठप्प भएको छ । प्रदर्शनकारीले कोरोनाको खोप लगाउनै पर्ने आग्रहलाई फाँसीवादसँग तुलना गरेका छन् ।प्रदर्शन चर्किएर हिंसात्मक घटना हुनसक्ने आशङ्का गर्दै त्यहाँको प्रहरीले उच्च सतर्कता अपनाएको छ ।यस्तै, प्रदर्शनकारीले घर घेरेपछि प्रधानमन्त्री जस्टिन ट्रुडोले परिवारसहित घर छाडेका बीबीसीले जनाएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *