• Home
  • मनोरञ्न
  • ‘कोशेढुङ्गा’को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न, दर्शकद्वारा सकारात्मक प्रतिक्रिया
Image

‘कोशेढुङ्गा’को विशेष प्रदर्शनी वीरगंजमा सम्पन्न, दर्शकद्वारा सकारात्मक प्रतिक्रिया

वीरगंज – नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजको क्यु एफ एक्स सिनेमा हलमा सम्पन्न भयो। चलचित्र पत्रकार संघ नेपाल पर्साको समन्वयमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकले चलचित्रको विषयवस्तु र सन्देशको प्रशंसा गरेका छन्।

निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको चलचित्रले युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने सन्देश दिएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, श्रीजंग गणका गणपति लोकेन्द्र कार्की, अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेल, शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछाने, महिला उद्यमी गुड्डी जोशीसहितले चलचित्रले समाजको यथार्थलाई सजीव ढंगले प्रस्तुत गरेको बताए।

सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, स्नेहा जोशीलगायत कलाकारको अभिनय रहेको चलचित्रलाई कार्यकारी निर्माता दिनेश खड्काले देशव्यापी रूपमा दर्शकले मनपराएको जनाए। चलचित्र प्रचारका लागि कलाकार टोली नेपालगञ्जबाट देशव्यापी यात्रामा रहेको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *