• Home
  • समाचार
  • कुमारी बैंकले सार्वजनिक गर्यो स्वास्थ्य बीमा सहित ‘गज्जबको बचत’ खाता योजना 
Image

कुमारी बैंकले सार्वजनिक गर्यो स्वास्थ्य बीमा सहित ‘गज्जबको बचत’ खाता योजना 

काठमााडौं। कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा सहितको “गज्जबको बचत खाता” योजना सार्वजनिक गरेको छ । न्युन्तम मौज्दात १ हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ७.५१ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै २० हजार रुपैंयासम्मको स्वास्थ्य बीमा सुविधा, निःशुल्क क्रेडिट–डेबिट कार्ड समेत उपलब्ध गराउने जनाएको छ ।

बीमा योजनामा १६ देखि ६५ वर्ष उमेर समुहका खातावालाले स्वास्थ्य बीमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तर वृद्धि गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *