For Youtvnepal long gif
  • Home
  • समाचार
  • काँचो फलफूल तथा तरकारी खानुको अचुक फाइदाहरु
Image

काँचो फलफूल तथा तरकारी खानुको अचुक फाइदाहरु

काठमाडौं । फगुन १ गते
प्राय फलफुललाई काँचो खाएपनि तरकारीलाई भने पकाएर मात्र खाने गरिन्छ । केही तरकारी पकाएर मात्र खान सकिन्छ भने अधिकांश फल काँचो पनि खान सकिन्छ । कुनैपनि खानेकुरा पकाउँदा वा उमाल्दा त्यसमा जति पौष्टिक तत्व हुन्छ, त्यो नष्ट हुन्छ । अझ त्यसलाई तारेर, भुटेर सेवन गर्दा फाइदा भन्दा बढी बेफाइदा गर्छ ।

यहि कारण पाचन तन्त्र पनि कमजोर हुन्छ ।त्यसैले स्वस्थ्य शरीरका लागि भोजनमा काँचो आहार सामेल गर्नुपर्छ । यस्ता काँचो आहारले खानेकुरालाई राम्ररी पचाउन सहयोग गर्छ । साथै काँचो खानेकुरामा रहेको पोषक तत्वबाट शरीरमा भरपुर पोषण मिल्छ ।त्यस्ैले काँचो फलफूल तथा तरकारी खानुको फाइदाहरुका बारे तल उल्लेख गरिएको छ ।

धेरैजसो पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुराले पाचन यन्त्रलाई खराब गर्छ । यदि भोजन पकाउनु भन्दा काँचो खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सहि राख्छ ।
कति सब्जीलाई काँचो खान सकिन्छ । सब्जी मिनरल्सको राम्रो स्रोत हो । पत्तेदार सब्जीमा प्रोटिन अधिक पाइन्छ, जो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुनछ ।

काँचो आहार शरीरका साथसाथै दाँतका लागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाएर निल्नुपर्छ, यसले शरीरलाई पोषक तत्व त मिल्छ नै दाँतको पनि व्यायाम हुन्छ ।

काँचो आहार खानाको पुरक हुन्छ र यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । अतः शरीरमा अतिरिक्त बोसो जम्दैन र मोटोपनको समस्या हुँदैन ।

अधिकांस फल काँचो खाद्य आहार हो र त्यो भिटामिनयुक्त ताजा फल हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । फलबाट पर्याप्त फाइबर मिल्छ र पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ ।

कतिपय खानेकुरा पकाउने क्रममा हामी धेरै मसला हाल्छौ । त्यही कारण उक्त खानेकुराको पोषक तत्व नष्ट हुन्छ । जबकी काँचो आहारमा शरीरलाई आवश्यक पोषक तत्व भरपुर हुन्छ । त्यसैले पकाएर खानुभन्दा, काँचो खानु फाइदाजनक हो ।

काँचो आहारमा एन्टिअक्सिडेन्ट भरपुर हुन्छ, यहि कारण रक्तचापको समस्या हुँदैन । यसका साथै काँचो आहारमा भिटामिन, खनिज लवण, बोसो, अम्ल आदि उपोयगी पौष्टिक तत्व विद्यमान हुनछ । यसले शरीरलाई स्वस्थ्य बनाउनका साथै बलियो पनि बनाउँछ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *