For Youtvnepal long gif
Image

ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने डब्लूएचओको भनाई

काठमाडौं । पुष ७ गते

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली देशको स्वास्थ्य प्रणाली तहस नहस पार्ने चेतावनी दिएको छ ।युरोपमा कोभिडको अर्को बाढी आउदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिएका हुन् ।

युरोपका विभिन्न देशहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा उनको चेतावनी आएको हो । जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाएको छ ।

यसअघि नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन गरेको थियो ।पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ ।त्यस्तै, स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *