• Home
  • समाचार
  • एमसीसी संसद्मा टेवल गर्न सत्तारुढ दलहरूले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी
Image

एमसीसी संसद्मा टेवल गर्न सत्तारुढ दलहरूले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी

काठमाडौं । फागुन १० गते
सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न लगाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुंगा प्रहार गर्दा पनि, बाटो भत्काउँदा पनि केही नगर्न प्रहरीलाई किन आदेश दिएको भनेर गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यक्ष ओलीले प्रश्न समेत गर्नु भएको छ । उहाँले आफूले त्यस सम्बन्धमा गृहमन्त्री खाँणसँग फोन संवाद गरेको उल्लेख गर्दै सत्ताधारी गुटले आफ्ना कार्यकर्तालाई सडकमा ढुंगा हान्न पठाएर दोहोरो चरित्र देखाएको बताउनु भएको छ ।

आन्दोलनको नाममा सडकमा इँटा हान्ने, तोडफोड गर्ने तर केही पनि नगर्नु भनेर सत्तारुढ दलहरूले नै आदेश दिएको भन्दै अध्यक्ष ओलीले आक्रोश व्यक्त गर्नु भएको छ । एमसीसी सम्झौता गर्ने, त्यसलाई संसदमा टेवल गर्नेमाथि सडकमा आन्दोलन गर्नेहरूले विरोधसमेत नगरेको चर्चा गर्दै उहाँले आपत्ति जनाउनु भउको छ ।

एमसीसी संसद्मा टेवल गर्न समेत सत्तारुढ दलहरूले षडयन्त्र गरेको अध्यक्ष ओलीको दाबी थियो । उहाँले एमसीसीबारे सत्तारुढ दलहरूले दोहोरो–तेहोरो चरित्र देखाइरहेको पनि दोहो¥याउनु भएको छ । उहाँले सत्तारुढ नेकपा ९एकीकृत समाजवादी०मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको नामै लिएर बाटो भत्काउनेहरूलाई क्रान्तिकारी भन्न नमिल्ने बताउनु भयो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *