For Youtvnepal long gif
  • Home
  • समाचार
  • एनआईसी एसिया ग्रोथ फन्ड २ मा कति कति पर्यो आवेदन ?
Image

एनआईसी एसिया ग्रोथ फन्ड २ मा कति कति पर्यो आवेदन ?

काठमाडौं । एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ३९ हजार ८३ जनाको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’ मा ५७ करोड ७९ लाख २८ हजार ३ सय रुपैयाँबराबरको ५ करोड ७७ लाख ९२ हजार ८ सय ३० इकाइ माग भएको हो।म्युचुअल फन्डको एक अर्ब रुपैयाँबराबरको १० करोड इकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। सो इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एसिया बैंकलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सामूहिक लगानी कोष योजना सर्वसाधारणमा बिक्रीका लागि राखिएको छ।

सो योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन पाइने छ। यो बन्दमुखी योजनामा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेका कारण आवेदन अवधि मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ दिन अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ दिन अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *