Trending

एनआईसी एसिया ग्रोथ फन्ड २ मा कति कति पर्यो आवेदन ?

645Views
0 Shares

काठमाडौं । एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ३९ हजार ८३ जनाको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’ मा ५७ करोड ७९ लाख २८ हजार ३ सय रुपैयाँबराबरको ५ करोड ७७ लाख ९२ हजार ८ सय ३० इकाइ माग भएको हो।म्युचुअल फन्डको एक अर्ब रुपैयाँबराबरको १० करोड इकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। सो इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एसिया बैंकलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सामूहिक लगानी कोष योजना सर्वसाधारणमा बिक्रीका लागि राखिएको छ।

सो योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन पाइने छ। यो बन्दमुखी योजनामा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेका कारण आवेदन अवधि मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय