काठमाडौं । फागुन २६ गते
आज पनि नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दैछ। आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्। टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले आजै जवाफ दिने कार्यक्रम रहेको नेता गंगालाल तुलाधरले जानकारी दिनु भएको छ ।

बुधबारको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि प्रदेश समूह, उपत्यका विशेष र सम्पर्क समन्वय तथा केन्द्रीय विभाग र मोर्चा संगठनको गरी नौ वटा समूह विभाजन गरेर छलफल भएको थियो। अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसिसी पास नगरेको भए पार्टीको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरेका छन्। काठमाडौंको बबरमहलस्थित एक ब्यांक्वेटमा जारी बैठक आजै सक्ने तयारी छ।
















