Trending

उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लियो

675Views
0 Shares

काठमाडौं । उरुग्वे विश्वकप छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा उकालेको हो । उत्तर अमेरिकी महाद्वीपबाट विश्वकपमा सिधै ६ राष्ट्रले स्थान बनाउँछन् ।

जसमा उरुग्वे अहिले ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । उरुग्वेलाई जिताउन डार्विन ग्याब्रिएल नुनेजले २ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।१५ औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा बोलिभियाका ग्याब्रिएल भिलामिलले आफ्नै पोस्टमा गोल गरेपछि उरुग्वेले अग्रता दोब्बर बनायो । ७१ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा उरुग्वेले ३–० को सहज जित निकालेको छ । यसैगरी इक्वेडरले चिलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

इक्वेडरको जितमा एन्जल मेनाले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । इक्वेडर ६ खेलबाट ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ । यस्तै, कोलम्बियाले पराग्वेलाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ । कोलम्बियाका राफेल सान्टोसले ११ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम्म कायम राख्दै स्पष्ट ३ अंक लिएको हो । कोलम्यिबाले ६ खेलमा १२ अंक जोड्दै आफूलाई तालिकाको तेस्रो स्थानमा राखेको छ भने पराजित भएको पाराग्वे सातौं स्थनमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय