इरानले गर्यो तीन उपग्रहको अन्तरिक्षमा सफल परिक्षण, पश्चिमी देशहरु सशंकित

625Views
0 Shares

काठमाडौं । इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको आलोचना गरेका छन् । पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् ।

इरानको सिमोर्ग रकेटको सफल परिक्षण भएको जनाइएको छ । इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला गरेकाले अन्तर्राष्ट्रिय समूदायले पनि चासो देखाएका छन् ।

इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ । सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भूउपग्रहहरूलाई महदा, केहान–२ र हत्फ–१ नाम दिएको छ । महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् ।

अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पु¥याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
15°
Sunny
6:57 am6:08 pm +0545
Feels like: 15°C
Wind: 3km/h W
Humidity: 80%
Pressure: 1013.21mbar
UV index: 2
10 am11 am12 pm1 pm2 pm
20°C
24°C
27°C
28°C
28°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय