काठमाडौं । फागुन १८ गते
मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ ।गएराति राति भएको खेलमा लेस्टरले बर्नलीलाई २–० गोल अन्तरले हराएको हो ।लेस्टरको जितमा जेम्स म्याडिसन र जेमी भार्डीले एक एक गोल गरेका थिए ।
खेलको ८२ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई २९० को जित दिलाएका थिए ।जितसँगै लेस्टरले २४ खेलमा ३० अंक जोडेको छ ।लेस्टर १२ औं स्थानमा रहेको छ ।बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।












