Trending

आदर्शनगर रंगशालामा सुपर सिक्स क्रिकेट सुरु, मेयर सिंहद्वारा उद्घाटन

3.7kViews
8 Shares

वीरगंज – लायन्स क्लब बिरगंज परिवार र बिरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा शनिबार आदर्शनगर रंगशालामा ‘6th Corporate Super Six Cricket Tournament–2082’ को उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहको अध्यक्षता लायन नरोत्तम पाण्डेले गर्नुभयो भने वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथि रहनुभयो।

उद्घाटन कार्यक्रममा स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ता, लायन्स डिस्ट्रीक्टका पूर्व गभर्नर लायन डा. रमेश कुमार अग्रवाल, पूर्व गभर्नर लायन देवकी नन्दन अग्रवाल, फर्स्ट भाइस डिस्ट्रीक्ट गभर्नर लायन रामबिहारी पाण्डे, डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, लायन रिकेश साह, लायन उमेश शर्मा, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, एरिया चिफ लायन रामेश्वर गुप्ता तथा बिएसएका प्रतिनिधि प्रमोद गुप्ता र नरेश रौनियारलगायतको उपस्थिति रहेको थियो।

उद्घाटनसँगै प्रतियोगिताको प्रारम्भिक चरणअन्तर्गत आज १२ खेल सम्पन्न भएका छन्। बैंक, फाइनान्स तथा विभिन्न कर्पोरेट संस्थाबाट २४ टिमले सहभागिता जनाएका छन्।

आजको खेलमा पतञ्जली, प्रेस्टिज र शिखर इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गर्दै आउँदो शनिबार हुने सुपर–८ चरणका लागि स्थान सुरक्षित गरेका छन्।

बाँकी खेलहरू पुस २७ गते सम्पन्न गरिने र सोही दिन फाइनल खेल आयोजना गरिने जानकारी बिरगंज स्पोर्ट्स एकाडेमीका अध्यक्ष सन्दिप गुप्ताले दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय