For Youtvnepal long gif
  • Home
  • खेलकुद
  • आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल सुरु हुँदै
Image

आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल सुरु हुँदै

काठमाडौं । माघ २८ गते
आजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल सुरु हुँदैछ । आज दशौं चरणका दुई खेल हुनेछन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच भिड्नेछन्।

फ्रेन्ड्स र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४ः४५मा सुरु हुनेछ। फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ। फ्रेन्ड्सले ९ चरण सकिँदा जित निकाल्न सकेको छैन।ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ। आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ। जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *