• Home
  • समाचार
  • आजदेखि विधिवत रुपमा सुरु भयो छठ, पहिलो दिन नहाय खाय
Image

आजदेखि विधिवत रुपमा सुरु भयो छठ, पहिलो दिन नहाय खाय

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठपर्वको आजदेखि विधिवत सुरुवात भएको छ । चार दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ ।ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।चारदिन सम्म विधिपूर्वक मनाइने छठमा पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गरीन्छ ।

श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि ब्रतालुले खरना गर्दछन् । खरनाका दिन राति गाईको गोबरले घर लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सजाएर ब्रतालु दिनभर उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर,चामल र दूध मिसाएर खीर पकाई केराको पातमा राखेर छठिमातालाई चढाउने गर्दछन । खीर चढाइसकेपछि ब्रतालुले प्रसादका रूपमा परिवारसँगै ग्रहण गर्ने गर्छन् ।त्यसलाई खरना भनिन्छ ।

तेस्रो दिन (आइतबार) छठ पर्वको मुख्य दिन हो । उक्त दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथो दिन (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । आइतबार छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि
1 Comments Text
  • Binance推荐码 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *