Trending

Custom Logo

आजदेखि एमडिएमएस लागु, अवैध मोवाइल नेटवर्क लक गर्दै दूरसञ्चार प्राधिकरण

1.7kViews
0 Shares

काठमाडौं । आजदेखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर आजबाट पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले पटकपटक सञ्चालनको घोषणा गरिएको एमडिएमएस परीक्षणको एक वर्षपछि प्राधिकरणले सञ्चालन गर्न लागेको हो ।प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणकले जनाएको छ ।प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनिप्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो । आजबाट पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्न सेवाप्रदायकलाई प्राधिकरणले निर्देशन गरेकोले अबदेखि हरेक दिन दर्ता नभएका अवैध मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।

प्राधिकरणका अनुसार गत वर्ष असोज यता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् । त्यसका लागि प्राधिकरणले आफ्नो दर्ता प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र निःशुल्क गरेको भन्दै प्रणालीमा दर्ता गराउन आग्रह गरेको छ ।

बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भए÷नभएको यकिन गर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज

देश

६ घण्टा अगाडि

लोकप्रिय