आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो पाउण्डको भाउ
By YOUTV
६ महिना अगाडि
Comments: 0
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ । शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो ।
त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ११ पैसा र बिक्री दर १४४ रुपैयाँ ७६ पैसा रहेको छ । शनिबार यूरोको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा कायम थियो । सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०६ पैसा र बिक्री दर १६८ रुपैयाँ ८२ पैसा पुगेको छ ।
शनिबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको थियो । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
६ महिना अगाडि
अर्थ, जनजाति, जिवनशैली, ताजा समाचार, देश
राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने १ हप्ता अगाडिताजा समाचार, देश, प्रदेश, मौसम, राष्ट्रिय खबर
बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो १ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १२ महिना अगाडि