आजको विदेशी मुद्राको विनिमयदर, बढ्यो युरोको भाउ
By YOUTV
१२ महिना अगाडि
Comments: 0
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ स्थिर रहेको छ भने युरो भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यसअघि मंगलबाा अमेरिकी डलरको कारोबार पनि सोही मूल्यमा भएको थियो ।
बुधबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ५१ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९१ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ८० पैसा र बिक्रीदर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ११ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
१२ महिना अगाडि
१२ महिना अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। १ हप्ता अगाडिताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ३ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि