आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो बेलायती पाउन्डको भाउ
By YOUTV
१० महिना अगाडि
Comments: 0
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ३७ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ६९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १२ पैसामा कारोबार गर्न अनुमति दिएको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो भने आज त्यसको भाउ बढेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३५ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
१० महिना अगाडि
अन्तर्वार्ता, अर्थ, जिवनशैली, ताजा समाचार, देश
नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार १२ घण्टा अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर ११ महिना अगाडि