Trending

Category: अर्थ

देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने भन्छन, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २७ चैत पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक गम्भीर मोडमा जान लागेको बताए । अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने उनको भनाइ छ ।  ‘राजनीतिक […]

उकालो लग्यो फेरि सुनको मूल्य
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौँ, २७ चैत साताकाे पहिलाे दिन आइतबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ कायम भएको छ । यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको ९९ हजार पाँच सय कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९९ […]

तीन पालिकाले पाँच वर्षमा पनि सकेनन् प्रशासनिक भवन बनाउन, भाडामा मात्रै डेढ करोडभन्दा बढी खर्च
by Ronisha joshi ४ वर्ष अगाडि

भैरहवा, २५ चैत रुपन्देहीको तीनवटा पालिकाले पाँच वर्षमा पनि प्रशासनिक भवन बनाउन सकेका छैनन् । संघीय प्रणालीमा गए पनि निर्वाचित जनप्रतिनिधिले कार्यकाल सकिँदासम्म भाडाकै भवनमा कार्यालय सञ्चालन गरिरहेका छन । १६ पालिका रहेको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी र रोहिणी गाउँपालिकाबाहेक सबैको प्रशासनिक भवन छ । पुरानो पालिकामध्ये बुटवलले नयाँ भवन बनाएर कार्यालय स्थानान्तरण गरिसकेको छ भने सिद्धार्थनगरले पनि […]

वर्ष ०७८/०७९ को  पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका
by Ronisha joshi ४ वर्ष अगाडि

सुर्खेत २५ चैत दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो । नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक […]

उकालो लग्दैछ सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैयाँ
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौँ, २५ चैत सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि, बिहीबार सुन तोलाको ९९ हजारमा किनबेच भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार  निर्धारण भएको छ । चाँदीको भाउ भने २१ रुपैयाँले […]

नेपालबाट थप ३२५ मेगावाट विजुली बेच्न भारतले दियो अनुमति
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २३ चैत भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुलीलाई बेच्न अनुमति दिएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली […]

दुधकोसी जलविद्युत आयोजनालाई साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी
by Ronisha joshi ४ वर्ष अगाडि

खोटाङ, २१ चैत ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि साढे २४ हजार रोपनी जग्गा अधिग्रहणको तयारी सुरू भएकाे छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रकृया अघि बढाइएको हो । वहुचर्चित आयोजनाको निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, […]

उकालो लग्यो सार्वजनिक यातायातको भाडा
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौं, २० चैत सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरिय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम […]

सुनको मूल्य एक लाख पाँच सय रुपैयाँ
by Ronisha joshi ४ वर्ष अगाडि

काठमाडौँ, १४ चैत सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको  छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । साेमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley