Trending

गर्मी छल्न भैरहवाका वाटरपार्कको सहारा, शीतलता लिन भारतबाट आउनेको लर्को

880Views
0 Shares

काठमाडौं, ४ साउन

शनिबार भैरहवाको तापक्रम अधिकतम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ९ बजे यो तापक्रम मापन नेपालका सहरहरूभन्दा सबैभन्दा बढी हो । विगतका केही सातादेखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अतालिएका छन् । नियमित रूपमा विद्युत आपूर्ति नभएपछि गर्मी छल्न युवा उमेरका समूह पानीको साहरा लिने गरेका छन् ।

शनिबार भैरहवास्थित एम्युजमेन्ट वाटर पार्कमा भारतको फरेन्दाबाट अमित गुप्ता गर्मीबाट उखर्माउलो गर्मी छल्न साथीहरूसहित आए, दिउँसो करिब पाँच घन्टा यही बिताएपछि शीतलता पाएको महशुश गरे ।

यस्तै भैरहवाकै अर्को रेडसन वाटर फनपार्कमा पनि भारतको कोल्हुईबाट अफजलको परिवार नै आएर वाटर पार्कको मजा लिइरहेका थिए, गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको बताए । ‘गर्मीले अत्तालिएका थियौ, परिवार र बच्चाहरू पनि आनन्दित भए, हामीतिर खासै यस्तो वाटर पार्कहरू नभएकाले देश छाडेर नेपाल आएको हाे,’ उनले भने ।

भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवायुवती र वयस्कहरू पनि अहिले भैरहवाका यी दुवै व्यावसायिक रूपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आनन्द लिन आउने गरेका छन्।

सीमाबाट नजिक भएकाले पनि भारतका सीमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन, आयोध्या, नौगढ, कुशीनगरलगायतका ठाउँहरूसम्मका स्विमिङ पारखीहरू सातामा नियमित रूपमा आउने गरेका छन् । लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरू पनि केही दिनदेखि शीतलतासहितको मनोरञ्जन लिने क्रम बढेको छ ।

गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फनपार्कहरू विकल्पको रूपमा छन्,  शनिबार र आइतबार भिड नै हुने गरेको छ । बच्चादेखि वयस्कसम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकाले पनि पछिल्लो समय वाटर फनपार्कमा परिवार नै आउने गरेका छन् ।

समुद्रको अनुभूति दिलाउन नेपालकै नमुनाको रूपमा यी वाटर पार्क सञ्चालनमा छन् । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको विकासका लागि पाँचजना युवा उद्यमीहरुको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) सञ्चालनमा छ भने संघीय सांसद तथा युवा व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क सञ्चालित छ । सीमाबाट पाँच किलोमिटरभित्रै पर्ने यी वाटरपार्कको उद्देश्य पनि भारतीय जलप्रेमी पर्यटकहरूलाई तान्नु रहेको थियो, सामुद्रिक छालसहितको वाटर फनपार्क रुपन्देहीमा तीनवटा रहेको छ ।

४५ करोडको लगानीमा, साढे ६ बिघा क्षेत्रफलमा सिद्धार्थनगर १५ सय बढीले मनोरञ्जन लिन सक्छन् भने अर्को वसन्तपुरमा १४० वर्गफिटमा फैलिएको पार्कमा एक हजारजना अट्ने क्षमताको छ ।

एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयस्कसम्मका एकै ठाउँमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूहअनुसारको स्लाइडहरु छन । यसका साथै पारिवारिक सलाइडमा १० फिट र २० फिट उचाइका तीनवटा सलाइडहरू टनेल सलाइड, तीन लेन सलाइडर रिभोल्भिङ सलाइडहरू, अग्लो टावरबाट दुईवटा सलाइडिङ, मल्टिलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम  स्प्रे, अम्ब्रेला सावरलगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।

‘हामीले युवाहरूका लागि साहसिक सलाइडअन्तर्गत २५ फिट उचाइबाट यस क्षेत्रमा अहिलेसम्मकै लामो तीव्र गति दुई सय फीटको स्पीड सलाइड जडान गरेका छौं, यस्तै सेल्फीका लागि सबै उमेर समूहलाई सुहाउने १७-१८ वटा प्वाइन्ट बनाएका छाैं,’ सञ्चालक निरज बरालले भने ।

१५ सय क्षमता भए पनि एकै दिन २८ सयजना आएको पनि तथ्यांक छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतीय छन्, शनिबार र आइतबार त नियमित समूहम आउने गरेकाे उनले बताए ।

यता रेडसन फनपार्कका अपरेसन म्यानेजर रवीन्द्र यादवले पाँच वर्षदेखि सञ्चालनमा रहेको फनपार्क कोभिडले केही सुस्ताए पनि अहिले विस्तारै पानीका पारखीहरू बढ्ने क्रममा रहेकाे बताए । यहाँ आउने ६० प्रतिशतभन्दा बढी ग्राहक भारतकै रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय