• Home
  • जनजाति
  • मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएको आरोप
Image

मानविकी अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सिकाउने भएकाले दबाएको आरोप

काठमाडौं । साउन ४ गते
मानविकी विषयको अध्ययनले मानिसलाई प्रश्न गर्न सिकाउने भएकाले यसलाई नीतिगत रूपमै दबाइएको सरोकारवालाहरूले आरोप लगाएका छन् । बुधबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले मानविकीको अध्ययनले सरकारविरुद्ध प्रश्न गर्न सक्ने क्षमता बढाउने भएकैले यसलाई नीतिगत रूपमै पछाडि पारिएको हुनसक्ने आशंका गरिन् ।

मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । ‘यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ,’ उनले भनिन्, ‘समाज धनी र गरिब दुई वर्गमा विभाजित छ भन्ने सिकाउँंछ र यही कारणले यसलाई नीतिगत रूपमै दबाइएको हुन सक्छ ।’

उनले प्रश्न वास्तवमै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाइ छ । उनले मानविकी संकाय अध्ध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । ‘समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरू खोतलखातल गर्न सिकाउनु र समाधान पत्ता लगाउन सक्ने बनाउनु हो,’ उनले भनिन् ।

कार्यक्रम चार चरणमा विभाजन गरी भएको थियो । पहिलो चरणमा मानविकी संकायको विषयमा कलेजको मानविकी संकायअन्तर्गत विए बिएएसडव्लू तथा एमए इंग्लिसका इन्चार्ज कमिनिका न्याइच्याईले प्रस्तुतीकरण गरेका थिए । दोस्रो चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमती प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग मानविकी संकायबारे छलफल गरिएको थियो ।

तेस्रो चरणमा सहभागीहरूसँंग प्रश्न लिएर प्रश्नउत्तर गरिएको थियो । अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रूपक जोशी, सहप्राचार्य डा।राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरू सहभागी भएका थिए ।

मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ व्यापक बनाउन कार्यक्रम गरेको कलेजले जनाएको छ । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चारवटै संकायमा स्नातकोत्तर तहसम्मै अध्ययन हुन्छ ।

Related Posts

मिडियामार्फत केम्श सिंहको आग्रह: नयाँ सरकारलाई शिक्षा सुधारका ४ बुँदे सुझाव

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा उम्मेदवार केम्श सिंहले मिडियामार्फत नयाँ सरकारलाई शिक्षा क्षेत्र सुधारका…

ByByanjana soni ३ महिना अगाडि

काठमाडौं क्षेत्र नं. ४ मा केम्स सिंहको जितको संकेत बलियो

  काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै…

ByByYOUTV Nepal ५ महिना अगाडि

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच…

ByByBirgunj ५ महिना अगाडि

पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर

वीरगंज  – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १…

ByByBirgunj ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *