• Home
  • शेयर बजार
  • १६ अंकले बढ्याे नेप्से, दुई अर्ब २९ करोड रुपैयाँको कारोबार
Image

१६ अंकले बढ्याे नेप्से, दुई अर्ब २९ करोड रुपैयाँको कारोबार

काठमाडौं, ३ साउन

मंगलबार पनि सेयर बजारमा दोस्रो अंकको सुधार देखिएको छ । आज नेप्से १६.२० अंकले बढेर बजार २०४५.६३ बिन्दुमा पुगेको छ। दुई अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो। यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०.०२ अंकको वृद्धि देखिएको छ।

गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो।

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ। अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४/१२ को सीमा हट्ने हल्ला गरिरहेका छन्। जसको प्रभाव बजारमा देखिएको छ। राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *